१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सेनाले फेला पार्‍याे १५ वर्षअघि हराएको हेलिकप्टर


0
Shares

काठमाडौं । नेपाली सेनाको टोलीले झण्डै १५ वर्षअघि दुर्घटनामा परेको एयर डायनेस्टीको हेलिकप्टर धौलागिरी हिमाल नजिक फेला पारेको छ ।

सन् २००६ मा हराएको हेलिकोप्टरको केही टाढा दुई व्यक्तिको शव पनि फेला परेको छ । हिमाल सफाइ अभियानमा खटिएको सेनाको टोलीले बुधबार धौलागिरी बेस क्याम्पनजिकै हेलिकप्टर र दुई वटा शव भेटाएको सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिनुभयो ।

फेला परेको शव हेलिकप्टरमा सवार व्यक्तिको हो वा हैन भन्ने एकिन हुन सकेको छैन । हेलिकप्टर भने एयर डाइनेस्टीको नै भएको पुष्टि भएको प्रवक्ता पौडेलले बताउनुभयो । हाल सो क्षेत्रका नेपाली सेना सहित स्थानीय निकाय, संघसंस्था तथा स्थानीयको समन्वयमा हिमाल सफाइ अभियान जारी छ ।