५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


निषेधाज्ञा अवधिभर सुन आयात र वितरण प्रभावित हुने


0
Shares

gold china

काठमाडौं । कोरोना महामारीका कारण काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न प्रमूख शहरहरूमा जारी निषेधाज्ञाका कारण सुन आयात प्रभावित हुने भएको छ ।

निषेधाज्ञा जारी रहेका स्थानमा सुनको कारोबार पनि हुन नसक्ने र यस्तो अवस्थामा बैंकहरूले सुरक्षाको कारण देखाउँदै सुन आयात गर्न अप्ठ्यारो हुने जनाएकाले सुन आयात प्रभावित हुने भएको हो ।

नेपाल सनुचाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर महासंघको कार्यालय बन्द गरे पनि केही जिल्लामा कारोबार सुचारु रहेकोले महासंघले सुनको दरभाउ भने तोक्दै आएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताउनुभयो ।

बज्राचार्यले अहिले दैनिक २० किलो सुन ल्याउन आवश्यक नदेखिएको बताउनुभयो । अहिले रोकिएको सुनको आयातलाई व्यवसाय सुचारु भएपछि रोकिएको समेत गरी आयात गर्न दिँदा थप सुन व्यवसायीकै हातमा पर्न जान्छ ।

तर, अहिले पनि पहिला जसरी दैनिक २० केजीका दरले नै सुन वितरण गर्दा सिमित ब्यक्तिको हातमा त्यो सुन पर्ने तर वास्तविक ब्यवसायी र उपभोक्ताले त्यो नपाउने अवस्था ाउन सक्ने तर्फ सचेत हुनुपर्ने देखिएको महासंघले जनाएको छ ।