१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोना संक्रमण बढेपछि बर्दियामा निषेधाज्ञा थपियो


0
Shares

बर्दिया । बर्दिया जिल्लाभर जारी निषेधाज्ञा बैशाख मसान्त सम्मका लागि थप गरिएको छ ।

कोरोना संक्रमित बढेसँगै एक साता जारी गरिएको निषेधाज्ञा संक्रमण झन् बढेपछि बैशाख मसान्तसम्म निषेधाज्ञा लम्ब्याइएको हो । निषेधाज्ञामा दैनिक उपभोग्य वस्तु तरकारी, खाद्य, दूध, ग्यासका पसल सञ्चालन हुने बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनार जानकारी दिनुभयो ।

आदेशको अवज्ञा वा अवहेलना गर्ने वा काममा बाधा पुरयाउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही गरिने सुनारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत्, दूरसञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधि पसल, बैंकको एटीएम निर्माण सेवाजस्ता अत्यावश्यक सेवा एवं सार्वजनिक निर्माण कार्य सञ्चालन गर्न पाइनेछ