१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नेपाल सुपर लिग : काठमाडौं र पोखरा गोलरहित बराबरी


0
Shares

काठमाडौं । राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा काठमाडौं रेजर्स र पोखरा थन्डर्सले बराबरीको खेल खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेल गोलरहित बराबरीमा सकिएको हो । जारी प्रतियोगितामा पहिलो पटक गोलरहित बराबरीमा खेल सकिएको हो । खेलमा दुवै टिमले गोल गर्ने थुप्रै अवसर खेर फालेका थिए ।

बराबरीसँगै दुवै टिमले शीर्ष स्थानमा पुग्ने अवसर खेर फालेका छन् । यो खेलमा पोखराका पदम मोक्तान सुपर प्लेयर अफ द म्याच तथा काठमाडौंका राजन गुरुङ्गले इमर्जिङ प्लेयर अफ द म्याच भएका छन् ।

सात टिम सहभागी पहिलो पटक भइरहेको फ्रेन्चाइज फुटबलमा २ खेलबाट ४ अंकसहित बुटवल शीर्ष स्थानमा रहँदा ३ खेलबाट ४ अंकको धनगढी एफसी दोस्रो स्थानमा छ ।

३ खेलबाट ४ अंकको पोखरा तेस्रो तथा ३ खेलबाट ४ अंककै काठमाडौं चौथो स्थानमा पुगेको छ । २ खेलबाट ३ अंकको विराटनगर पाँचौं, २ खेलबाट २ अंकसहित एफसी चितवन छैटौं तथा ३ खेलबाट २ अंकको ललितपुर पुछारमा छ ।