
काठमाडौं । कोरोना महामारी विकराल बन्दै गएपछि नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटका सम्पूर्ण गतिविधि अनिश्चित समयसम्मको लागि स्थगित गरेको छ ।
क्यानले शुक्रबार सूचना जारी गर्दै राष्ट्रिय प्रतियोगिता, जिल्ला छनोट, प्रादेशिक प्रतियोगिता तथा विभिन्न देशसँग तय भएको सिरिजहरु तत्कालका लागि स्थगित गरिएको जनाएको छ ।
क्यानले नेपालमा नामिबिया र तान्जिनियालाई बोलाएर एकदिवसिय र टी–२० सिरिज गर्ने योजना बनाएको थियो । जसमा पहिलो नामिबियासँग एकदिवसिय सिरिज गर्ने तयारी गरेको थियो ।
क्यानले नेपाल क्रिकेट संघ लगायत विभिन्न क्लव, एकेडेमी एवंम संघसंस्थाहरूबाट आयोजना गरिने क्रिकेट प्रतियोगिताको कार्यविधि निर्माण गर्न लागिएको जनाएको छ ।
कार्यविधि निर्माण भइ लागू नभएसम्म अन्य क्लब, एकेडेमी र संघ संस्थाहरूले आयोजना गर्ने प्रतियोगितामा जिल्ला र प्रादेशिक क्रिकेट संघहरूले स्वामित्व र आबद्धता नजनाउन समेत निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्