
काठमाडौं । आज मे १ तारिख । अन्तर्राष्ट्रिय मजदुर दिवस । आजको दिनलाई अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा मनाउने गरिएको छ ।
सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस मनाउने निर्णय गरेको हो । नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै मे दिवस मनाइन थालिएको हो ।
तर यसवर्ष कोरोना संक्रमणका कारण मे दिवसका कार्यक्रमहरु औपचारिकतामा मात्रै सिमित गरिएका छन् । सन् १८८६ मा अमेरिकाको एक राज्यमा आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर यो दिवस मनाउन थालिएको हो ।
प्रतिक्रिया दिनुहोस्