
एजेन्सी । भारत गुजरातको भरुच शहरस्थित पटेल वेलफेयर अस्पतालको कोभिड वार्डमा आगलागी हुंदा कम्तिमा १८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबै कोभिडका बिरामी थिए ।
भने पहिले १२ जना कोरोनाका विरामी रहेको पुष्टि गरिएको थियो । गएराति भएको आगलागी आईसीयु वार्डसम्म फैलिएको थियो । आगलागी पछि अस्पतालमा भागदौड मच्चिएको थियो । घटनालगत्तै बाँकी बिरामीलाई अन्य अस्पतालमा सारिएको अधिकारीहरुले जनाएका छन् ।
बीबीसीकाअनुसार अस्पतालको वार्डमा ५० जना विरामी भर्ना भएका थिए । अस्पतालमा भर्ना भएका बिरामीलाई स्थानीय तथा दमकलकर्मीको सहयोगमा उद्धार गरिएको थियो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अस्पतालमा भएको यसघटनाप्रति दुख व्यक्त गरेका छन् । अन्य बिरामीलाई भने अन्यत्र अस्पतालमा सारिएको छ । यस अघि पनि भारतका विभिन्न अस्पतालमा आगलागी हुंदा कोरोना विरामीको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्