
दुर्गा उपाध्याय
कञ्चनपुर । भारतमा दोस्रो चरणको कोरोना भाइरस देखिएसँगै सीमानाकामा सजकता अपाइएपनि त्यो प्रभावकारी बन्न सकेको छैन । सरकारले गत चैत्रमै सीमानाकामा हेल्थ डेस्क स्थापना गरी भारतबाट भित्रनेहरुको स्वास्थ्य परीक्षण गर्न सम्बन्धीत स्वास्थ्य कार्यालयहरुलाई निर्देशन दिएको थियो ।
जसअनुसार चैतको दोस्रो साताबाट गड्डाचौकीसहित सुदूरपश्चिमका अन्य चार नाकामा भारतको जोखिमयुक्त ठाउँबाट आएका व्यक्तिहरुको एन्टीजीन परीक्षण सुरु गरियो । तर स्वास्थ्य परीक्षणका लागी निर्देशन दिएपनि सरकारले आवश्यक कीटको भने व्यवस्थापन गर्न सकेन । कञ्चनपुरमा लकडाउन जारी छ । तर भारतबाट भित्रिनेहरुका लागि भने सीमानाका खुला राखिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिनुभएको छ ।
उता प्रमुख जिल्ला अधिकारीले भारतबाट भित्रिएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण गरेर मात्रै गन्तव्यमा पठाइने बताएपनि नाकामा भने त्यसो गरिएको छैन् । केही दिन अगाडी अघिसम्म भारतका जोखिमयुक्त ठाउँबाट आएका व्यक्तिहरुको अनिवार्य रुपमा एन्टीजेन परीक्षण गर्ने गरिन्थ्यो ।
तर लकडाउन भएसँगै भारतबाट आएकाहरुलाई नाकामा जिल्ला अनुसार छुट्टा छुट्टै राखेर लक्षणको आधारमा कञ्चनपुरका नागरिकको मात्रै एन्टीजेन परीक्षण गर्न थालिएको स्वास्थ्यकर्मी बताउछन् । जसले गर्दा लक्षण नदेखिएका र अन्य जिल्लाका संक्रमित व्यक्तिहरु सम्बन्धीत जिल्ला वा गन्तव्यसम्म पुग्दा भयावह अवस्था आउन सक्ने जगड्डाचौकी हेल्थ डेकस असिसटेण्ट आकाश बारुडीले जानकारी दिनुभएको छ।
बिहान ३ बजेदेखि १० बजेसम्म झण्डै सात घण्टा लाईनमा उभिएकाहरुलाई खानेकुरा त परै जाओस् पिउने पानीको समेत व्यवस्था हुन सकेको छैन । जसले गर्दा भोक र प्यास खेप्न नसकेकै कारण कतिपय नाकामा बेहास हुने र कतिपयको ज्यानै समेत जाने अवस्था समेत सृजना भएको छ ।
उसो त कोरोनाको संक्रमणबाट बच्न सावधानी अपनाउन सरकारले नै निर्देशन दिएको छ । तर गड्डाचौकी नाकामा भने न भौतिक दूरी कायम भएको देखिन्छ, न त हात धुनका लागि सावुन पानीलगाएतका न्यूनतम मापदण्डको व्यवस्था गरिएको छ । यसमा सम्बन्धित निकायको ध्यान जानु जरुरी देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्