
दाङ । दाङमा तीन जना बालकको शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका ६ स्याउली बजारमा रोकिराखेको पार्किङ गरिराखेको भारतीय नम्बर प्लेट जे ०१६६०८८५ नम्बरको कारभित्र तीन वटा बालकको शव फेला परेको हो।
भारतीय नम्बरकाे निसान कार भित्र तीन बालको शव भेटिएका प्रहरीले जनाएको छ । कार माघ महिना देखि पार्किङमा रखिएको थियो । घट्नाका बिषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी निरीक्षक झलक शर्माले बताउनुभयाे ।
शव हेर्दा३/४ दिन अघिको जस्तो देखिएको उहाँले जानकारी दिनुभयाे । थप अनुसन्धान भईरहेकाे छ । मृतक को हुन् र कसरी उनीहरू पार्किङको गाडीभित्र पुगे भनेर अनुसन्धान नभएसम्म केही भन्न सक्ने अवस्था नरहेको प्रहरीले बताएको छ ।
शनिबार बेलुका एउटा बस पार्किङका लागि कारनजिकै जाँदा कारको बत्ती बल्यो। त्यसपछि गएर हेर्दा शव देखिएको थियो । लामो समयदेखि पार्किङ गरिराखेको कारनजिकै गएर कारभित्र हेर्दा शव देखेपछि उनीहरूले प्रहरीलाई खबर गरेपछि घटना बहिर आएको हो ।
प्रतिक्रिया दिनुहोस्