१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आईपीएलमा मुम्बई इन्डियन्सको रोमान्चक जित


0
Shares

एजेन्सी । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्सले रोमान्चक जित निकालेको छ । दिल्लीमा गएराति भएको रोमान्चक खेलमा

मुम्बईले चेन्नई सुपर किङ्सलाई ४ विकेटले पराजित गरेको हो । चेन्नईले दिएको २ सय १९ रनको लक्ष्य मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो ।

मुम्बईको जितमा केइरोन पोलार्डले अविजित रहदै ८७ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ३४ बलमा ८ छक्का र ६ चौका प्रहार गरे ।

यस्तै क्विनटन डी ककले ३८ रन जोड्दा कप्तान रोहित शर्माले ३५ रन बनाए । कुर्नाल पाण्डय ३२ रनमा आउट हुँदा हार्दिक पाण्डयले १६ रन जोडे । चेन्नईका साम कुरानले ३ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर २ सय १८ रन बनाएको थियो । चेन्नईका लागि अम्बाती रायडु, फाप डु प्लेसिस र मोइन अलीले अर्धशतकीय इनिङ्स खेले ।

अविजित रहेका रायडुले ७२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै अलीले ५८ रनको इनिङ्स खेल्दा प्लेसिसले ५० रन बनाए ।

जितसँगै मुम्बईले ७ खेलमा ८ अंक जोडेको छ । मुम्बई तालिकाको चौंथो स्थानमा रहेको छ । चेन्नईले ७ खेलमा १० अंक जोडेको छ । चेन्नई शीर्ष स्थानमा यथावत रहेको छ ।