१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उपत्यकालगायत प्रदेश १, बागमती र गण्डकी प्रदेशमा पानी पर्ने


0
Shares

काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले देशभर पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहेको छ । आज देशका पहाडी क्षेत्र र तराईका केही भूभागमा आंशिक बदली भएर प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेपनि बाँकी भागको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौंको मौसम पनि साान्यतया बदली हुने महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम १५ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २७ देखि २९ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।

आज बिहान सूर्योदय ५ बजेर २४ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ३८ मिनेटमा हुनेछ ।