
फाइल तस्बिर
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पेश गर्नुभएको राजीनामा स्वीकृत भएको छ ।
प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरलेको राजीनामा स्वीकृत गर्नु भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरन्जिवी पौडेलले जानकारी दिनुभयो ।
‘नेपालको संविधानको धारा १६९ (१) क अनुसार मुख्यमन्त्री पदबाट दिनुभएको राजीनामा आज मिती २०७८ वैशाख १९ गतेका दिन माननीय प्रदेश प्रमुख ज्यूले स्वीकृत गर्नुभएको छ’, प्रदेश प्रमुख कार्यालद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
संविधान बमोजिम अर्को व्यवस्था नभएसम्म प्रदेश प्रमुखले मौजुदा मन्त्रिपरिषद्लाइ नै प्रदेशको मन्त्रिपरिषद्को कार्यभार सञ्चालन गर्न जिम्मा दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्