१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


तमोर नदीमा झोलुङ्गे पुल नहुँदा स्थानीयलाई सास्ती


0
Shares

तेह्रथुम । धनकुटाका चौविसे गाउँपालिका सदामटार र छथर जोरपाटी गाउँपालिका तेलियालाई जोड्ने तमोर नदीमा झोलुङ्गे पुल नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ ।

बर्खामा नदीमा बाढी आउने भएकाले जोखिम मोलेर स्थानीयले यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।

अस्थायी रुपमा बनाइएको चेफाबाट दिनहुँ सयौँ स्थानीय तमोर नदी वारपार गर्ने गरेका छन् ।

बर्खामा उर्लेर आउने नदी तर्न पनि चेफाकै साहारा लिनुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ ।

सदामटारका अधिकांशको जग्गा जमिन तेलियामा रहेकोले दैनिक सयौं स्थानीय घाँस दाउरा र खेतीका लागि चेफा तरेर पारी जानुपर्ने बाध्यता छ ।

नदीमा झोलुङ्गे पुल नहुँदा धेरैले ज्यान गुमाउनु परिरहेको छ । सदामटार चुनावका बेला नेताहरु आएर पुल बनाउने आश्वासन दिएपनि अझै पुल बन्न सकेको छैन ।