८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


प्रधानन्यायाधी जोशीको सुनुवाई सकियो, निर्णय शुक्रबार मात्र


0
Shares

काठमाडौं । सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा प्रस्तावित कायममुकायम प्रधान न्यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाई सकिएको छ ।

तर, प्रस्तावित प्रधानन्यायाधिश सम्बन्धि निर्णय भने भोली मात्रै हुने भएको छ ।

समितिका सभापति लक्ष्मणलाल कर्णले समय अपुग भएको भन्दै आज निर्णय हुन नसकेको र भोली ३ बजे बस्ने समितिको बैठकले निर्णय गर्ने जानकारी दिए ।

संवैधानिक परिषद्ले प्रधान न्यायाधिशमा सिफारिस गरेका सर्वोच्च अदालतका कामु न्यायाधिश जोशीबिरुद्ध संसदीय सुनुवाई विशेष समितिमा ५ वटा उजुरी परेका थिए । जोशीसंग समितिले आज ३ घण्टा सोधपुछ गरेको हो ।

छलफल क्रममा समितिका सदस्यहरुले प्रस्तावित प्रधानन्यायाधिश जोशीलाई एनसेल प्रकरण, बेरुजु फर्छ्यौट, विभिन्न ठाउँका जग्गाहरु ब्यक्तिको नाममा दर्ता गराएको, मोही अंश, शैक्षिक प्रमाणपत्र सम्बन्धि पैmसला र अदालत सुधारको भावी कार्ययोजना बारे प्रश्न सोधेका थिए ।

आफ्नो भावी कार्ययोजना बारे ४४ पेज लामो लिखित बक्त्व्यसहित समितिमा उपस्थित हुनुभएका प्रस्तावित प्रधानन्यायाधिश जोशीले सदस्यहरुले आरोप लगाएका मुद्धाहरुको आफुले अन्तिम फैसला नगरेको र केहि मुद्धाको अन्तिम टुङ्गो लाग्न बाँकी रहेकाले संविधानतः जवाफ दिन मिल्दैन भने ।

जोशीले कुनैपनि मुद्धाको फैसला न्यायाधिशको स्वविवेकले मात्र नहुने भन्दै धेरै मुद्धाहरुको फैसला कानुन अनुसार हुने बताए । जोशीले समितिमा आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र समेत पेश गरेका थिए ।