६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


लुम्बिनी प्रदेश सभा सदस्य विमला खत्री माओवादीमा प्रवेश, पोखरेललाई बहुमत नपुग्ने


0
Shares

बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य विमला कुमारी खत्री माओवादी प्रवेश गर्नु भएको छ । प्रदेशसभा सांसद खत्री उपनिर्वाचनमा नेकपाबाट निर्वाचित हुनु भएको थियो ।

उहाँले अहिले माओवादी केन्द्रलाई रोज्ने निर्णय गर्नु भएको छ । सर्वोच्च अदालतले गरेको निर्णय अनुसार नेकपा नरहेपछि खत्रीले माओवादी केन्द्रको दलको सदस्यता पाउँ भनी माओवादी केन्द्रका अध्यक्षलाई पत्र लेख्नु भएको थियो ।

केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लुम्बिनी प्रदेश सभाका संसदीय दलका नेता कुल प्रसाद केसीलाई संसदीय दलको सदस्यता प्रदान गरी काम कारवाही गर्न निर्देशन दिनु भएको छ । माओवादीले विमला खत्री पार्टीमा प्रवेश गरेको औपचारिक जानकारी प्रदेशसभालाई गराइसकेको छ। 

त्यसो गर्दा प्रदेश सभामा शंकर पोखरेलको संख्या ४० पुगेको छ । धारा १६८ को १ बमोजिम नयाँ सरकार बनाउन शंकर पोखरेललाई ४१ सदस्य आवश्यक पर्छ ।