
एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा आर्सनल र टोटनह्याम हट्सपर विजयी भएका छन् । गएराति भएको खेलमा आर्सनलले न्युकासल युनाईटेडलाई उसैको मैदानमा २–० ले हरायो ।
अर्को लण्ण्डन क्लब टोटनह्याम हट्सपरले शेफिल्ड युनाईटेडमाथि ४–० को फराकिलो जित निकाल्यो । म्यान्चेस्टर युनाईटेड र लिभरपुलबिचको खेल भने हिजो रद्द गर्दै अर्को दिनका लागि सारिएको छ ।
खेलपूर्व म्यान्चेस्टर युनाईटेडको रंगशाला ओल्ड ट्राफोर्डमा क्लबका मालिकविरुद्ध समर्थकहरुले विरोध प्रदर्शन गरेपछि खेल पोस्टपोन्ड गरिएको हो ।
म्यान्चेस्टर युनाईटेडका अमेरिकी मालिक माल्कोम ग्लेजर र उनको परिवार विरुद्ध प्रदर्शन गरिरहेका झण्डै २ सय समर्थक रंगशाला भित्रै प्रवेश गरेपछि खेल रद्द गर्नुपरेको हो । समर्थकहरुले अमेरिकी मालिकले क्लब बेच्नुपर्ने माग राखिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्