
कास्की । कास्कीमा निषेधाज्ञामा थप कडाइ गरिएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि यही वैशाख १५ देखि जिल्लामा निषेधाज्ञा लगाईएको छ ।
निषेधाज्ञामा आजबाट थप कडाई गर्दै सार्वजनिक यातायातमा रोक लगाइएको छ भने दैनिक उपभोग्य बस्तुको पसल बिहान ५ देखि ९ बजेसम्ममात्रै संचालनको अनुमति छ । बैंक तथा वित्तीय संस्थाहरुमा एक चौथाइ कर्मचारीले मात्र सेवा दिने छन् ।
मठ मन्दिरहरुमा नित्य पूजा गर्न सकिने भए पनि अन्य कार्य गर्न पाइने छैन । बिहान ५ देखि ९ बजेसम्म डिपार्टमेन्ट स्टोरहरुमा खाद्यान्न बिक्री गर्न पाइनेछ । निर्माण सामग्री बोक्ने सवारीसाधन दिउँसो १ देखि साँझ ५ बजेसम्म संचालन गर्न सकिनेछ ।
विमानस्थल प्रयोग गरी विदेश जाने यात्रुको हकमा भिसा सहितको पासपोर्ट र हवाइ टिकटको प्रतिलिपि साथमा लिई एक जना आफन्त सहित यात्रा गर्न सकिने कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्