२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कांग्रेस प्रवक्ता विश्वप्रकाशलाई कोरोना संक्रमण


0
Shares

काठमाठौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ । शर्माले समाजिक सञ्जालमार्फत आफूलाई कोरोना पोजेटिभ भएको जानकारी दिएका हुन् ।

सामाजिक सञ्जाल दुईटरमा टुईट गदै शर्मा लेख्नछन् ‘ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी क्स्टार हस्पिटल पुगेर स्वाब दिए । बिहानिपख रिपोर्ट आयो पोजेटिभ ।’

टेकुझका डा अनुप बांस्तोलाको निर्देशन अनुरूपको औषधि सेवन शुरु गरेको पनि उहाँले बताउनु भएको छ । शर्मा डेरामै आइसोलेसनमा बस्नु भएको छ । लक्षणले च्यापे पनि मनोबल उच्च रहेको उहाँको भनाई छ । त्यसैगरि उहाँले सबैलाई सजग रहन आग्रह समेत गर्नु भएको छ ।