
काठमाडौं । गायिका ईश्वरी बरालको नयाँ गीत ‘खानदानी छोरी’ सार्वजनिक भएको छ । गीतमा बरालको स्वर र राजेन्द्र भट्ट (मिस्टर आरजे) को ¥याप रहेको छ । भट्टको नै संगीत रहेको उक्त गीतका शब्द टुरिष्ट जङग विकले लेखेका हुन् ।
गीतलाई मोहित मुनालले एरेन्ज गरेका छन् । प्रिज्म रेकडिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको रेकडिक्स कमल थापा र किरण बिक हुन् भने मिक्सिङ श्याम स्वेत रसाइलीले गरेका छन् ।
चोभारमा छायांकन गरिएको गीतको म्युजिक भिडियोमा टिकटक स्टार जुम्ल्याहा दिदी बहिनी इक्षिता र बिक्षिता तिवारी तथा काजी दर्शनको अभिनय रहेको छ ।
म्युजिक भिडियोमा ¥यापर भट्टको अभिनय पनि देख्न पाइनेछ । इक्षिता, बिक्षिताको यो डेब्यु म्युजिक भिडियो हो । भिडियोलाई सान थापाले निर्देशन गरेका छन् । गायिका बरालको यसअघि सार्वजनिक भएको ‘नरिसाउन होइ’ गीत चर्चामा छ ।
प्रतिक्रिया दिनुहोस्