१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उत्पादित अक्सिजन भर्न उपकरणको अभाव, फिलिङ सिस्टम नहुँदा खेर गयो अक्सिजन


0
Shares

बागलुङ । बागलुङको धौलागिरी अस्पतालमा रहेको अक्सिजन प्लान्टमा उत्पादन भएको अक्सिजन उपकरणको अभावमा खेर गइरहेको छ । अक्सिजन प्लान्टमा उत्पादन भएको अक्सिजनले दैनिक ३० सिलिण्डर अक्सिजन भर्न सकिन्छ ।

तर उपकरणको अभावमा अस्पतालका बिरामीलाई मात्रै प्रयोग भैरहेको धौलागिरी अस्पतालका प्रमुख मेडिकल सुपरीटेण्डेन्ट डा. शैलेन्द्र बीं पोखरेलले जानकारी दिनुभयो । प्लान्टमा उत्पादन भएको अक्सिजन सोझै अस्पतालको बेडमा पाइप लाइनबाट पुग्ने गरेको छ ।

पाइप लाइनबाट खपत भएर रहेको अक्सिजन सिलिण्डरमा भर्न सकेको खण्डमा संक्रमितको उपचारमा अक्सिजनको अभाव टार्न मद्धत पुग्ने अस्पतालले जनाएको छ । ‘फिलिङ सिस्टम’ नहुँदा अक्सिजन प्लान्टमा उत्पादन भएको आधा जस्तो अक्सिजन खेर गइरहेको छ । ५० शैयाको अस्पताललाई प्रदेश सरकारले २ सय बेडको उप–प्रादेशिक अस्पताल बनाउने निर्णय गरे पछि केही काम अघि बढेको छ ।