
धनकुटा । धनकुटामा लागुऔषध सहित ३ जना पक्राउ परेका छन् । बैशाख १८ गते मदन चौकबाट पक्राउ परेका धनकुटाको चौविसे गाउँपालिका–७ का भिमराज लिम्बु बयानका आधारमा धनकुटा नगरपालिका–६ का रुपेश मरिक र धनकुटा–७ सिरवानीका हरिकृष्ण श्रेष्ठ लाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।
उनीहरुको साथबाट र घरमा लुकाइ छिपाई राखेको एभिल, लुप्रिजेसिक र डाइजेल्याव र हरिकृष्णको घरबाट एभिल,लुप्रिजेसिक,डाइजेल्याव र प्रोमेथाजिन बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक काशीनाथ रेग्मीले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्