२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


एमालेको बलमिच्याइँ कांग्रेसलाई कदापि स्वीकार्य छैन– डा. कोइराला


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा एमालेको बलमिच्याइँ कांग्रेसले नस्वीकार्ने बताउनुभएको छ ।

सोमबार सामाजिक सञ्जालमा एक स्टाटास लेख्दै कोइरालाले लुम्बिनी प्रदेशमा अल्पमतमा रहेका शंकर पोखरेललाई मुख्यमन्त्रीको सपथ गराउनुले एमाले जसरी पनि सत्ता कब्जाको उद्देश्यका साथ अधिनायकवादतर्फ उन्मुख भएको बताउनुभयो ।

लुम्बिनीको घटनाले लोकतन्त्रको धज्जी उडाउने काम गरेका कोइरालाको टिप्पणी छ । उहाँले भन्नुभयो, ‘एमालेको बलमिच्याइँ, जबरजस्ती र संविधानमाथिको नग्न प्रदर्शन कांग्रेसलाई कदापि स्वीकार्य हुन सक्दैन ।’

आइतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले बिहान राजीनामा दिएर साँझ बहुमतप्राप्त दलको नेताको हैसियतले प्रदेश प्रमुखले सपथ गराउनुभएको थियो । त्यसको केही बेरमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रले आफूहरूको पक्षमा बहुमत भएको भन्दै प्रदेश प्रमुखको कार्यालयमा निवेदन दिएका थिए ।