
स्याङ्जा । जिल्ला प्रशासन कार्यालयले वैशाख २१ गते बिहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ः०० बजेसम्मका लागि जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ ।
औषधि उपचार, खाद्य वस्तु तथा अत्यावश्यक वस्तु खरिद गर्न नजिकका पायक पर्ने स्थानमा जाने बाहेक अन्य कामका लागि हिँडडुल गर्न नपाउने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिलेसम्म १ हजार ३३ जना कोरानाबाट संक्रमित छन् । ती मध्ये ८ सय २१ जना निको भएको र २ सय १२ जना सक्रिय संक्रमित रहेको पनि स्वास्थ्य कार्यालयले जनाएको छ । स्याङ्जामा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ ।
चैत १३ गते बसेको मन्त्रिपरिषद् बैठकले तराईका जिल्लामा ५ सय र पहाडी तथा हिमाली जिल्लामा २ सय सक्रिय संक्रमित पुगे निषेधाज्ञा गर्ने भनि निर्देशन दिएबमोजिम प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो ।
प्रतिक्रिया दिनुहोस्