
तस्विर फाइल
काठमाडौं । मुख्यमन्त्री पोखरेलविरुद्ध हस्ताक्षर गरेका दुई जना एमाले सांसद्ले आफूहरू एमालेमै रहेको जनाएका छन् ।
कपिलवस्तु–२ ‘ख’ बाट निर्वाचित धर्मवहादुर लाल श्रीवास्तव र नवलपरासी पश्चिम १ ‘ख’ बाट निर्वाचित अजय शाहीले सोमबार विज्ञप्ति जारी गर्दै आफूहरू एमाले संसदीय दलमै रहेको र मूख्यमन्त्री पोखरेलप्रति समर्थन पनि रहेको बताएका हुन् ।
एमालेबाट चुनाव लडेका उनीहरूले आइतबार मुख्यमन्त्री शंकर पोखरेलको विपक्षमा हस्ताक्षर गरेका थिए । सोमबार भने उनीहरूले कुल प्रसाद केसीलगायतले आफूहरूको हस्ताक्षर किर्ते भएको आरोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस्