
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि वैशाख २७ गते बैठक बस्ने भएको छ ।
बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयको सूचनामार्फत जानकारी गराएको छ । बैठकमा सांसद्लाई उपस्थितिको लागि अनुरोध गरिएको छ ।
संसद् सचिवालयले एक सूचना जारी गर्दै प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा (१) बमोजिम प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पस्ट गर्न आवश्यक ठानेकाले बैठक बस्न लागेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्