
काठमाडौं । प्रधानमन्त्री केपी ओलीको सम्बोधनलगत्तै मन्त्रिपरिषद् बैठक बस्दैछ ।
दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकका एजेन्डा खुलाइएका छैनन् । मन्त्रिपरिषद् बैठक हिजो पनि बसेको थियो ।
प्रधानमन्त्रीले दिउँसो साढे ३ बजे देशवासीको नाममा सम्बोधन गर्न लाग्नुभएको छ ।
हिजो पनि बसेको मन्त्रिपरिषद् बैठक आज पनि बस्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । उसो त मन्त्रिपरिषद्को नियमित बैठक भने सोमबार नै बस्ने गरेको छ ।
हिजोको बैठकले बैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन बोलाउने, सरकारले विश्वासको मत लिने, आन्तरिक हवाइ उडान बन्द गर्ने तथा राष्ट्रिय जनगणना स्थगित गर्नेलगायतका निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्