
काठमाडौं । नुवाकोटको त्रिशुली अस्पतालमा कोरोना संक्रमित थप एक जनाको मृत्यु भएको छ ।
अस्पतालले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै रसुवाका नौंकुण्ड गाउँपालिका–५ स्थायी घर भएका ५३ वर्षीय पुरुषको आइतबार मृत्यु भएको जनाएको छ ।
आइतबार मृत्यु भएका उनको स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. दीपेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
योसँगै त्रिशुली अस्पतालमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्