
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपचारका लागि आवश्कय जनशक्तिको अभाव हुन नदिन एक वर्षे करारमा चिकित्सक तथा स्वास्थ्यकर्मी भर्ना गर्न निर्देशन दिनुभएको छ ।
सोमबार देशवासीको नामा सम्बोधन गर्दै ओलीले एक वर्षे करारमा स्वास्थ्यकर्मी भर्ना गर्न निर्देशन दिँदै उपचारमा संलग्न तथा शव व्यवस्थापन र सफाइ कर्मचारीहरूलाई खाइपाई आएको सुविधाको ५० प्रतिशत थप गर्ने पनि बताउनुभयो ।
ओलीले अक्सिजन प्लान्टहरू जडान गर्ने काम भइरहेको जानकारी दिँदै एन्टी भाइरल औषधिलगायत अन्य जीवनदायी औषधीहरूको पर्याप्त मौज्दात राख्न अस्पतालहरूलाई निर्देशन दिनुभयो । साथै अक्सिजनको निर्यात, अनावश्यक भण्डारण तथा औषधिको कालोबजारी गर्नेहरूलाई कडा कारबाही उहाँको चेतावनी छ ।
सरकारले भारत, चीन र रुसलगायतका मुलुकहरूबाट खोप किन्न निरन्तर प्रयास गरिरहेको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो । निषेधाज्ञा तथा बन्दाबन्दीका कारण कसैलाई पनि भोकै पर्न नदिनेमा सरकार सचेत रहेको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्