१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सोमबार रातिदेखि आन्तरिक र बिहीबारबाट अन्तर्राष्ट्रिय उडान बन्द, भारतसँग भने कायम रहने


13
Shares

काठमाडौं । कोरोना संक्रमण झन् तीव्र भएपछि सरकारले सोमबार मध्यराति १२ बजेदेखि लागू हुने गरी आन्तरिक उडानहरू बन्द गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको आइतबार बसेको बैठकले वैशाख २० गते रातिदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको सोमबार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभयो । आन्तरिक उडानमाथिको प्रतिबन्ध बैशाख मसान्तसम्म लागू हुनेछ ।

यस्तै सरकारले आगामी बिहिबारदेखि सबै अन्तर्राष्ट्रिय उडानहरु पनि बन्द गर्ने निर्णय गरेको छ । वैशाख २३ गते रातिदेखि नेपाल आउने र नेपालबाट बाहिर जाने सबै उडानहरू बन्द गर्ने निर्णय गरिएको हो ।

यद्यपि भारतसँग भने सातामा दुई वटा दुईतर्फी उडान हुनेछन् । तर, भारतबाट नेपाल आउने यात्रु १० दिन क्वारेन्टिनमा बस्नुपर्नेछ । अत्यावश्यक अवस्थामा अनुमति लिएर चार्टर्ड उडान भने गर्न सकिने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।