
Picture: File
काठमाडौं । सरकारले गण्डकी र सुदूरपश्चिमका प्रदेशप्रमुख पदमुक्त र नियुक्ति गर्न सिफारिस गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्दै गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई नियुक्तको सिफारिस गरेको हो ।
पदमुक्त र नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस पठाइसकिएको छ । केहीबेरमा राष्ट्रपति भवन शीतल निवासमा नवनियुक्त प्रदेश प्रमुखहरूको पद तथा गोपनीयताको सपथ ग्रहण गराउने कार्यक्रम रहेको स्रोतले जानकारी दियो ।
गण्डकी र सुदूरपश्चिम प्रदेशमा यसअघि माओवादीनिकट प्रदेश प्रमुख थिए ।
प्रतिक्रिया दिनुहोस्