
काठमाडौं । जनता समाजवादी पार्टीले जिल्ला जिल्लामा रहेका आफ्ना सांसदलाई काठमाडौं आउन निर्देशन दिएको छ ।
२७ गतेका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसदको विशेष अधिवशेन आह्वान गरेको अवस्थामा आफ्ना सांसदहरूलाई काठमाडौंमै बस्न निर्देशन दिएको हो ।
दिनदिनै कोरोना संक्रमण बढ्दै गएको अवस्थामा २७ गते सदनमा उपस्थित हुन समस्या हुने भएकाले बाहिर जिल्लामा रहेकालाई पनि काठमाडौं आएर सुरक्षित बस्न भनिएको जसपाले जनाएको छ ।
त्यस्तै काठमाडौंमा रहेकाहरूलाई पनि बाहिर नजान भनिएको अध्यक्ष महन्थ ठाकुरको सचिवालयले जनाएको छ । जसपामा सरकारलाई समथर्न गर्ने कि गर्ने भन्ने विषयमा दुई धार देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्