१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एकैदिन ३७ कोरोना संक्रमितको मृत्यु, ७४ सय ४८ संक्रमित


0
Shares

काठमाडौं । नेपालमा एकैदिन ३७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ३७ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबा मृत्यु हुनेको संख्या ३ हजार ३ सय ६२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर गरिएको १६ हजार ६ सय ५८ पीसीआर परीक्षणमा ७ हजार ३ सय ८८ जना र ५ सय १८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६० जना गरी कुल ७ हजार ४ सय ४८ जनाका कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै कुल संक्रमितको संख्या ३ लाख ४३ हजार ४ सय १८ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार १ जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या २ लाख ८६ हजार १५ पुुग्यो । यस्तै देशभर ५४ हजार ४१ जना सक्रिय संक्रमित हुँदा २ सय १२ जना क्वारेन्टिमा छन् । सक्रिय संक्रमितमध्ये ५ सय ७८ जना आईसीयूमा रहँदा १ सय ४२ जना भेन्टिलेटरमा छन् ।