
बुटवल । हिजोमात्रै नेकपा एमालेबाट राजिनामा दिएका दिर्घनारायण पाण्डे नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।
नेपाली काङ्ग्रेसका लुम्बिनी प्रदेश संसदीय दलका नेता बिरेन्द्र कनौडियाले पाण्डे काङ्ग्रेसमा प्रवेश गरेको जानकारी दिनुभयो ।
काङ्ग्रेसमा आएसँगै उहाँ लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा गठबन्धनका उम्मेदवार हुने हुनुभएको छ ।
लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य रहनुभएका चन्द बहादुर खड्काको निधन भएपछिको सोही स्थानमा साझा उम्मेद्वार हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्