१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


झापामा बिक्रेट उद्योगमा लागेको भीषण आगलागी, १० करोडको क्षति


0
Shares

झापा । मेचीनगर ज्यामिरगढी स्थित बायो मास बिक्रेट उद्योगमा लागेको भीषण आगलागी नियन्त्रणमा आउन सकेको छैन ।

ब्रिकेट उत्पादनका लागि राखिएको सामाग्रीबाट आज बिहान ३ बजे आगो सल्किएको थियो । झापा र मोरङ जिल्ला गरी सात वटा दमकलको सहयोगमा ससस्त्र प्रहरी तथा नेपाल प्रहरीले आगो नियन्त्रणको प्रयास गरिरहेको छ ।

आगलागीबाट करिब १० करोड बढीको क्षति भएको उद्योगका सञ्चालक आदित्य पराजुलीले जानकारी दिनुभयो । आगलागीबाट भवनसहित मेसिनरी औजार, कच्चा पदार्थ जलेर पूर्ण रुपमा नष्ट भएको छ । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।