
नरेन्द्र मानन्धर
काठमाडौं । कोरोना महामारीकोको दोस्रो लहरले आक्रान्त बनाइरहेको बेला समुदाय स्तरमा पनि महामारी विरुद्ध लड्ने सुरुवात हुन थालेको छ । यसै क्रममा ललितपुरको पाटन च्यासलस्थित व्यञ्जनकार गुठीले आफ्नो समुदायका लागि आइसोलेशन सेन्टर खडा गरेको छ ।
कोरोनाको महामारीसँगै उपत्यकाका विभिन्न गुथीहरू सक्रिय हुन थालेका छन् । सरकार कोरोनाका बिरामीको उपचार र आइसोलेशनको व्यवस्था गर्न चुकिरहेको अवस्थामा समुदाय स्तरमा भने आइसोलेशन व्यवस्थाको सुरुवात गरिएको छ । व्यनजनकार समुदाय भित्र कसैलाई कोरोना संकमण भए कुनै पनि बेला उनीहरूले बनाएको आइसोलेशनमा आएर बस्न सक्नेछन् ।
च्यासः मंका खलः र च्यासल युवा क्लब लगायतका संस्था मिलेर अक्सिजनसहित पाँच बेडको आइसोलेशन सेन्टरको व्यवस्था गरिएको हो । आइसोलेशनमा सामान्य उपचारको समेत व्यवस्था गरिएको छ । डाक्टर समिरा व्यञ्जनकारले समुदाय भित्र कोरोना नफैलियोस् भनेर आइसोलेशनको व्यवस्था गरेको बताउनहुन्छ ।
खलःका अध्यक्ष श्याम व्यञ्जनकार महामारीको अवस्थामा आफ्नो समुदायका लागि गुथी ढाडस बन्न सक्नुपर्ने बताउनुहुन्छ । आफूले जस्तै अन्य गुथीहरूले पनि समुदायकोलागि गनुपर्नेमा व्यञ्जनकारको जोड छ ।
गुथीको काम जात्रा र भोजका लागि मात्र हो भनेर आलोचना हुन थालेको समयमा समुदायका लागि समुदायस्तरमै सरहानीय काम गर्नुपर्छ भन्ने सन्देश व्यञ्जनकारहरूको गुथीले दिएको छ । यसको सिको अरु गुथीहरूले पनि गर्नसके महामारी विरुद्धको लडाइ सहज हुने थियो कि ?
प्रतिक्रिया दिनुहोस्