
काठमाडौं । नेपाल सुपर लिग फुटबल प्रतियोगितामा विराटनगर सिटी एफसीले दोस्रो जित निकालेको छ ।
एफसी चितवनलाई २–० ले पराजित गर्दै विराटनगरले दोस्रो जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा विराटनगरको जितमा पेड्रो मान्जी र सन्तोष तामाङले १–१ गोल गरे ।
जितसँगै विराटनगर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । विराटनगरले ४ खेलमा ७ अंक जोडेको छ ।
पहिलो जित निकाल्ने योजनामा रहेको चितवन भने तालिकाको पुछारमा छ । चार खेल खेलेको चितवनले जित निकाल्न सकेको छैन । चितवनले ४ खेलमा २ अंक जोडेको छ ।
प्रतिक्रिया दिनुहोस्