
बाजुरा । कोरोना संक्रमढा तीव्र रूपमा फैलिएपछि बाजुरामा निषेधाज्ञा जारी गरिएको छ ।
सोमबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले वैशाख २२ गते बिहान ५ बजेदेखि ३१ गते राति १२ बजे सम्म निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले जानकारी दिनुभयो ।
बैठकले निषेधाज्ञामा सर्वसाधारण सबैले अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन पाइने छैन । अत्यावश्यक कामहरू पनि स्वास्थ्य सुरक्षका मापदण्ड पूरा गरेर मात्र गनुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्