
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा पछिल्लो २४ घण्टामा ४५ जनाको स्वाब संकलन गरी परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण देखिएको छ ।
कोभिड–१९ को दोस्रो लहर सुरु भएयता सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या एक सय पुगेको छ । दोस्रो लहरमा सिन्धुपाल्चोकमा दुई जनाको मृत्यु भएको छ ।
सोमबार बिहान कोरोना नेगेटिभ देखिएका कुविण्डेका एक व्यक्तिलाई अस्पताल लैजाँदै गर्दा मृत्यु भएको छ । श्वास फेर्न गाह्रो भएका उनलाई चौतारा अस्पतालबाट धुलिखेल लैजाँदै गर्दा साँगाचोकमा पुग्दा मृत्यु भएको हो ।
मृत्यु भइसकेको कोरोना परीक्षण नगर्ने सरकारको नीतिअनुसार उनको परीक्षण गरिएन ।
प्रतिक्रिया दिनुहोस्