
एजेन्सी । माइक्रोसफ्टका संस्थापक अर्बपति बिल गेट्सले पत्नी मेलिन्डा गेट्ससँग सम्बन्धविच्छेद गरेका छन् ।
बिल र मेलिन्डाले सामाजिक सञ्जालमार्फत आफ्नो वैवाहिक सम्बन्धलाई निरन्तरता दिन नसक्ने निर्णयमा पुगेको जानकारी गराएका हुन् ।
उनीहरु २७ वर्ष अघि विवाह बन्धनमा बाँधिएका थिए । बिल र मेलिन्डाका तीन सन्तान छन् । ६५ वर्षीय बिल तथा ५७ वर्षीया मेलिन्डाकाे सम्बन्ध विच्छेदकाे खबरले उनका शुभचिन्तकहरू भने आश्चर्यचकित र चिन्तित देखिएका छन् ।
१९७० को दशकमा बिलले माइक्रोसफ्ट कम्पनीको स्थापना गरेका थिए । त्यसमा मेलिन्डा प्रोडक्ट म्यानेजरको रुपमा कार्यरत थिइन् ।
त्यसपछि प्रेममा परेको यो जोडीले १९९४ मा विवाह गरेकाे थियाे । विवाह पछि यो जोडीले सामाजिक काम गर्नका लागि गेट्स एण्ड मेलिन्डा फाउण्डेशन स्थापना गरेका थिए ।
उनीहरुकाे सम्बन्ध विच्छेद भएपनि फाउण्डेशनमा सँगैं काम गर्ने जनाएका छन् । कुनैबेला संसारको धनी रहेका गेट्स अहिले पनि संसारको चौधो धनी व्यक्ति हुन् ।
प्रतिक्रिया दिनुहोस्