
एजेन्सी । भारतका विभिन्न शहरमा फैलिएको कोरोनाका कारण दैनिक सयौं व्यक्तिको मृत्यु भइरहेको छ ।
कोरोनाका बिरामीको चाप अत्याधिक बढ्न थालेपछि अस्पतालमा उपचार र स्वास्थ्य सामग्रीको अभाव हुन थालेको छ ।
अस्पतालका बेडहरु भरिन थालेपछि अक्सिजनको अभावमै बिरामीको खुला आकाशमुनीसमेत उपचार भइरहेको छ ।
कोरोनाको दोस्रो लहरकैबीच पश्चिम बंगाल राज्यमा हालै निर्वाचन सम्पन्न भएको छ ।
पश्चिम बंगालमा फेला परेको भनिएको डबल म्युटिसन सहितको भाइरस विश्वका अन्य मुलुकमा पुग्न नदिन भन्दै धेरै देशले भारतसँग हवाइ उडान समेत बन्द गरेका छन् ।
पश्चिम बंगाल राज्यमा मात्र सवा लाख सक्रिय संक्रमितहरू रहेको भारतीय सञ्चारमध्यमहरुले जनाएका छन् ।
भारतमा कोभिड–१९ संक्रमितहरूको मृत्यदर पनि उच्च छ । भारतमा दैनिक चार लाख हाराहारीमा संक्रमण बढीरहेको छ ।
हिजो मात्र तीन लाख ७० हजार संक्रमित भएको र तीन हजार चार सयको मृत्यु भएको सरकारी तथ्यांक छ ।
भारतको यो संकट नियन्त्रणका लागि त्यहाँ केही साता पूर्णरुपमा लकडाउन गरेर मात्र संक्रमणको चेन ब्रेक गर्न सक्ने बताइएको छ ।
अमेरिकी संक्रामक रोग विशेषज्ञ एवं राष्ट्रपति जो बाइडनका प्रमुख एन्थोनी फाउचीले संक्रमणको डरलाग्दो फैलावट रोक्न देशभर पूर्ण रूपमा बन्दाबन्दी गर्नु नै प्रमुख विकल्प रहेको बताउनुभएको छ ।
यसैबीच संक्रमितको चाप बढेसँगै भारतमा उपचाका लागि अक्सिजनको अभाव हुन थालेको छ ।
भारतको नयाँ दिल्लीका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा बिरामीको चापसँगै अक्सिजनको अभाव भएपछि सरकारले भारतीय सेनाको सहयोग मागेको छ ।
दिल्लीमा आइसियु कक्ष सञ्चालन गर्न र स्वास्थ्य सामग्री उपलब्ध गराउन सेनालाई अपील समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्