२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


म्याग्दीमा जनप्रतिनिधिले विकास बजेट दुरुपयोग गरे


0
Shares

म्गाग्दी । म्याग्दीमा विकासको नाममा आएको बजेट दुरुपयोग बढेको छ । चालु आर्थिक वर्षको अन्त्य हुने क्रमसँगै म्याग्दीमा आएको विकास बजेटको पनि दुरुपयोग बढेको हो ।

सडक खन्ने, मर्मत गर्ने, विभिन्न शीर्षकमा बजेट छुट्याएर वातावरणीय अध्ययन बिनानै सरोकारवालाको राजीखुशी गाउँमा जथाभावी डोजर लगाउन थालिएको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा बेनी नगरपालिकाले छुट्याएको ५ लाख रुपैयाँको बजेटमा बेनी नगरपालिका २ बगरफाँटको खहरेखोलादेखि जलकिनीसम्म १ किलोमिटर सडक खने पनि अहिले त्यहि सडकको लागि नगरपालिकाले सडक मर्मत भन्दै ५ लाख रुपैयाँ पुनः छ्ट्याएको छ ।

स्थानीय बासिन्दा र सरोकारवालाहरुको सुझाव बिनानै धमाधम सडक मर्मतको नाममा जथाभावी खन्ने काम भए पछि स्थानीयले विरोध गरेका छन् ।

जथाभावी सडक खनेका कारण सडक आसपासका घरहरु जोखिममा परेका छन् ।

वतावरणीय अध्ययन विना नै मनपरी रुपमा खनिएको सडकका कारण भूस्खलनको जोखिम उच्च भएपछि स्थानीयले बिरोध गरेका हुन् ।

उनीहरुले बजेट सक्ने नाममा जथाभावी सडक खनेको भन्दै रोक्न मागसमेत गरेका छन् ।