
नवलपुर । कोरोनाका कारण अन्य क्षेत्रको काम रोकिए पनि नारायणगढ–बुटवल चार लेन सडक विस्तारको काम निरन्तर हुने भएको छ ।
निर्धारित समयमा नै काम सम्पन्न भए सबैका लागि सहज हुने भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर कामलाई निरन्तरता दिइने सडक निर्माणको जिम्मा पाएको चाइना कन्ट्रक्सनले जनाएको छ ।
अहिले आयोजनामा ३ सय जना कामदार कार्यरत छन् । उनीहरुलाई छुट्टै बस्ने व्यवस्था गरेर स्वास्थ्य मापदण्ड पूरा गर्दै काममा लगाइएको छ ।
सडक विस्तारअन्र्तगत अहिले माटो पुर्ने, ठूला पुल, कल्भर्ड, नाला निर्माण र रुख कटान गर्ने काम भइरहेको छ ।
गैंडाकोट क्षेत्रमा ७ वटा डाइभर्सन गरेर ठूला पुल निर्माण भइरहेको छ । ७० प्रतिशत रुख कटानको काम सकिएको र सडकदेखि दक्षिणतर्फ पर्ने मध्यवर्ती क्षेत्रको ४ हजार रुख कटानको काम सकिएको जनाइएको छ ।
अहिले दुई लेन रहेको नारायणगढ बुटवल सडक खण्डलाई चार लेनको बनाउन लागिएको हो ।
प्रतिक्रिया दिनुहोस्