२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


संक्रमित भएका व्यक्तिले कोरोना विरुद्धको एक डोज खोप लगाए हुने


0
Shares

एजेन्सी । कोरोना संक्रमित भइसकेका ब्यक्तिले कोरोना बिरुद्धको खोप एक डोज लगाए पुग्ने एक अनुसन्धानले देखाएको छ ।

कोरोना बिरुद्धको खोपका बारेमा बिश्वभर अध्ययन अनुसन्धान जारी रहेको बेला कोरोना संक्रमित ब्यक्तिले एक डोज खोप लगाए पुग्ने खुलासा भएको हो ।

बेलायतको इम्पिरियल कलेज, बेलायतकै क्वीन मैर युनिभर्सिटीका बैज्ञानिहरुको टोलीले हालै गरेको अध्ययन अनुसन्धानबाट कोरोना संक्रमित ब्यक्तिको एन्टीबडी बनाउन खोपको एक डोज पर्याप्त भएको जनाएको छ ।

दक्षिण अफ्रिाकामा देखिएको कोरोना भेरिएन्टमाथि अनुसन्धान गरेका सो बैज्ञानिकहरुको टोलीले फाइजर बायोन्टेक खोपमाथि अनुसन्धान गरेको हो ।

यसैबीच सो बैज्ञानिकहरुको टोलीले कोरोनाको नयाँ भेरियन्टका कारण बिश्व जगतमा कोरोना महामारी फैलिरहेको अवस्थामा जो कोही ब्यक्तिले कोरोना बिरुद्धको खोप लगाउन अत्यन्त जरुरी रहेको जनाएको छ ।

कोरोनाको खोप लगाएका ब्यक्तिमध्ये १३ प्रतिशतमा कोरोना संक्रमण हुन सक्ने भन्दै कोरोना संक्रमण भएको खण्डमा पनि खोपको प्रभावकारिता रहने जनाएको छ ।

बिश्वभर कोरोना महामारीका कारण हालसम्म १५ करोड ४१ लाख ८८ हजार सय बढी संक्रमित छन् भने ३ करोड ३२ लाख ७ हजार १ सय बढीको मृत्यु भइसकेको छ ।