
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत आज बुटवल लुम्बिनी एफसी र काठमाडौं रेजर्स खेल्दैछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल बेलुकी साढे पाँच बजे सुरु हुने छ ।
तीन खेलमा ५ अंक जोडेर तेस्रो स्थानमा रहेको बुटवल आज काठमाडौंलाई पराजित गर्न सकेमा शीर्ष स्थानमा उक्लने छ ।
बुटवलले पहिलो खेलमा पोखरालाई हराएको थियो । चितवन र विराटनगरसँग भने बराबरी खेलेको थियो ।
बुटवललाई पराजित गरेमा काठमाडौं शीर्ष दुईभित्र उक्लने छ । काठमाडौं ३ खेलमा ४ अंक जोडेर पाँचौं स्थानमा छ ।
पहिलो खेलमा ललितपुरलाई हराएको काठमाडौं दोस्रो खेलमा धनगढीसँग पराजित भएको थियो । तेस्रो खेलमा काठमाडौंले पोखरासँग बराबरी खेलेको थियो ।
प्रतिक्रिया दिनुहोस्