
तस्वीर– एएफपी
एजेन्सी । अफ्रिकी मुलुक बुर्किना फासोको एक गाउँमा हतियारधारी समूहले ३० जनाको हत्या गरेको छ । कोमन्दजारी राज्यको कोडेल गाउँमा प्रवेश गरेका बन्दुधारीहरूको आक्रमणमा परी ३० जनाको मृत्यु भएको हो ।
बिहान अधिकांश मानिसहरू घरमै रहेको अवस्थामा आक्रमण हुँदा गाउँलेबीच भागदौड मच्चिएको थियो । घटनामा २० भन्दा बढी घाइते भएका छन् । बन्दुकधारी समूहले गाउँका अधिकांश घरमा आगो लगाई ध्वस्त बनाएका छन् ।
अफ्रिकी मुलुक नाइजर र मालीमा इस्लामिक अतिबादी समूह आईएसले लगातार रूपमा आक्रमण गर्ने गरेकोमा बुर्कुना फासोकोे घटनामा पनि आईएसकै संलग्नता भएको शंका गरिएको छ । यद्यपि घटनाको जिम्मेवारी कसैले लिएको छैन । मरिनेमा अधिकांश महिला र बालबालिका छन् ।
प्रतिक्रिया दिनुहोस्