
काठमाडौं । संसद सचिवालयले २७ गते बस्न लागेको संसदको विशेष अधिवेशनका लागि कोभिड–१९ परीक्षण गराउन सबैलाई अनुरोध गरेको छ ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै संघीय संसद सचिवालयले सभामुख, अध्यक्ष, उपाध्यक्ष र सम्पूर्ण सांसदहरूको पीसीआर परीक्षणका लागि अनुरोध गरेको हो । पीसीआर परीक्षणका दुई दिनमा गरिने भएको छ ।
बुधबार सभामुख, अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सम्पूर्ण सांसद, सचिवालयका महासचिव, सचिव, कार्यव्यवस्था शाखा, सांसद सुविधा व्यवस्थापन शाखामा कार्यरत कर्मचारीहरू, संसद सचिवालयका सम्पूर्ण कर्मचारी र सभामुख, अध्यक्ष तथा उपाध्यक्षको निजी सचिवालयमा कार्यरत कर्मचारीहरूको परीक्षण गरिनेछ
यस्तै, बिहीबार संसद भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा कार्यरत कर्मचारी, मर्यादापालक, संसदीय मामिलाका पत्रकारहरू, स्वकीय सचिव लगायतक कर्मचारी, ट्राफिक, बम डिस्पोजल र कुकुरबाट जाँच गर्ने सबै सुरक्षाकर्मीको परीक्षण गरिने छ ।
परीक्षणका लागि स्वाब संकलन संसद भवनको ल्होत्से हलमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म गरिने संसद सचिवाललयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्