२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


न्यायपरिषद् सदस्य निरालाको कोरोना संक्रमणबाट मृत्यु


0
Shares

काठमाडौं । न्यायपरिषद् सदस्य लक्ष्मीबहादुर निराला खड्काको कोरोना संक्रमणका कारण निधन भएको छ ।

सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचारका क्रममा मंगलबार बिहान उहाँको निधन भएको अस्पतालका प्रवक्ता प्रविण नेपालले जानकारी दिनुभयो ।

अस्पतालका अनुसार वैशाख १० गते कोरोना संक्रमणका कारण स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो ।

निराला २०७६ पुषमा न्याय परिषद् सदस्य नियुक्त हुनुभएको थियो ।