
एजेन्सी । भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दुई महिना निःशुल्क खाद्यान्न र पाँच हजार रुपैयाँ दिने घोषणा गर्नुभएको छ ।
कोरोना महामारीले संकटमा पारिरहेको दिल्लीमा मुख्यमन्त्री केजरीवालले सबै ७२ लाख रासन कार्डधारीहरूलाई दुई महिना निःशुल्क खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको जानकारी दिनुभएको हो ।
यसैगरी दिल्लीका सबै अटो तथा ट्याक्सी चालकहरूलाई पाँच हजार भारतीय रूपैयाँ सहयोग गर्ने दिल्ली सरकारले घोषणा गरेको छ ।
संकटको योय स्थितिमा थोरै भए पनि राहत दिने उद्देश्यले अटो तथा ट्याक्सी चालकहरूलाई पाँच हजार भारतीय रूपैयाँ प्रदान गरिएको मुख्य मन्त्री केजरीवालको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्