१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


म्याग्दीका कोरोना संक्रमित वृद्धको मृत्यु, श्रीमतीको स्वास्थ्यमा समस्या, छोरालाई संक्रमण पुष्टि


0
Shares

india corona death

म्याग्दी । म्याग्दीका एक वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मंगला गाउँपालिका–१ तुसारेपानीका ७६ वर्षीय वृद्धको कोरोना संक्रमणबाट उपचारको क्रममा पोखराको चरक मेमोरियल अस्पतालमा मृत्यु भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्वास्थ्यमा समस्या आएपछि हेलिकप्टर मार्फत उपचारको लागि पोखरा पुर्‍याइएका वृद्धमा वैशाख १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

वृद्धको श्रीमतीको समेत स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागि सदरमुकाम बेनी ल्याउने तयारी गरिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो । मृतकका छोरामा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।