१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौंमा निषेधाज्ञा लम्ब्याइयो, सञ्चारकर्मीलाई सूचना विभागको कार्ड वा सिडिओको अनुमति अनिवार्य (निर्णय)सहित


0
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा लम्बिएको छ । निषेधाज्ञा वैशाख २९ गतेसम्म लम्ब्याइएको हो ।

मंगलबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको छलफलपछि निषेधाज्ञा लम्ब्याइएको काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

वैशाख १६ गतेदेखि लगाइएको निषेधाज्ञा बुधबार सकिँदै गर्दा एक हप्ता थपिएको हो । साथै निषेधाज्ञालाई थप व्यवस्थित र कडाइसमेत गरिएको छ ।

त्यसैगरी सञ्चारगृहहरुका लागि सूचना विभागले वितरण गर्ने पासको प्रयोग अनिवार्य गरिएको छ । त्यस्तो पास नभएकाहरुले न्युनतम व्यक्ति राखेर सञ्चालन गर्नुपर्ने र सो को जानकारी जिल्ला प्रशासन कार्यालयलाई दिनुपर्ने छ ।

स्थानीय प्रशासन ऐन २०२८ अनुसार परिस्थिति अनुसार प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा लगाउन सक्ने प्रावधान छ । यसैबीच ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई कोरोना संक्रमण पुष्टि भएको छ । उहाँ अहिले आइसोलेशनमा रहनु भएको छ ।

यता देशका ४८ जिल्लामा निषेधाज्ञा जारी भएकोे छ । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार अहिलेसम्म ४८ जिल्लामा निषेधाज्ञा जारी भएकोमध्ये ९ जिल्लामा आंशिक र बाँकीमा पूर्ण निषेधाज्ञा जारी भएको छ ।